मनोरञ्जन

करिनालाई शाहरुख नै प्यारो

करिनालाई शाहरुख नै प्यारो

मुम्बई । वेबो गर्ल का रुपमा परिचित नायिका करिना कपुर केहि समयअघि मात्र बलिउड किङ खान शाहरुख खानको चर्चित टक शो टेड टक मा पुगेकी थिइन्,  जहाँ उनले शाहरुखसँग दिल खोलेर कुरा गरिन् । केहि फिल्ममा शाहरुखसँग अनस्क्रिन रोमान्स गरेकी करिना शाहरुखलाई भारतकै सबैभन्दा रोमान्टिक हिरो मानिन्छ ।

करिनाले टेड टकमा शाहरुखलाई संसारभरिका दर्शकले चिन्ने भन्दै शाहरुख नै रोमान्टिक हिरो भएको दाबी गरेकी थिइन् । तपाई विश्वको कुनै पनि कुनामा जानुहोस् र त्यहाँ गएर भारतको नाम लिनुहोस्, त्यहाँका मान्छेले सबैभन्दा पहिलो नाम नै शाहरुखको लिन्छन् । करिनाले भनेकी छन् मलाई लाग्छ कि शाहरुखले आफनो आभिनयका कारण आम मानिसको जिन्दगीलाई नजिकबाट नियालेका छन् । उनको अठोट, रोमान्टिक लुक्स, साँचो प्रेम र इमान्दारीले उनलाई अरुभन्दा भिन्न बनाएको छ ।

त्यसकारण पनि शाहरुख मलाई मनपर्छ । उनले शाहरुखसँग आफनो राम्रो सम्बन्ध रहेको पनि बताइन् । करिनाले शाहरुखसँग समय बिताउन र गफ गर्न निकै मनपर्ने गरेको पनि बताएकी छिन् । शाहरुख र करिनाले फिल्म अशोका, कभी खुसी कभी गम रावनमा सँगै काम गरिसकेका छन् । उनी चाँडै नै फिल्म वीरे दि वेडिङमा देखिँदैछिन् । यो फिल्ममा उनीसँगै सोनम कपुर, स्वरा भास्कर पनि प्रमुख भूमिकामा छन् ।

विशेष