मनोरञ्जन

केकीसँग साइकलबाबु लालबाबुले यसरी कम्मर मर्काए

केकीसँग साइकलबाबु लालबाबुले यसरी कम्मर मर्काए

विराटनगर । बिलासी नेता शेखर कोइरालालाई प्रतिनिधि सभा सदस्यमा मोरङ क्षेत्र नंबर ६ बाट पराजित गरेर चर्चित एमाले नेता लालुबाबु पण्डितले यही पुष २९ गतेबाट प्रदर्शन हुने फिल्म ‘राज्जा रानी’ को प्रचारमा भाग लिएका छन् ।

फिल्ममा केकी अभिकारी र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ ।  फिल्म ‘राज्जा रानी’ टिमले विराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजना भएको प्रचार कार्यक्रममा नेता पण्डित मुख्य अतिथि बनेर पुगेका थिए । कार्यक्रममा उनले आफू मन्त्री बने फिल्मको लगानीसमेत उठाइदिने वचन दिएका थिए । फिल्मकी नायिका केकी अधिकारीले लालुबाबु आफूलाई मनपर्ने नेता भएकाले उनले एक हजारको नोटमा लालुबाबुको अटोग्राफसमेत लिइन् ।

अटोग्राफ लिएपछि लालुबाबुले पनि केकीको खुलेरै प्रशंसा गर्नुसँगै नाजिर र केकीसँगै कम्मर पनि भाँचे । फिल्म राज्जा रानीले उठाएको दाइजो प्रथालाई सकारात्मक भन्दै नेता पण्डितले तराईमा दिइने दाइजो प्रथालाई अब बन्ने वाम सरकारले निरुत्साहित गर्न बेहुली पक्षको परिवारलाई १० हजार रुपैयाँ दिने योजना ल्याउने बताए ।

 

विशेष