समाज

नेपाल अाउने योजनामा रहेकी बंगलादेशमा डेन्टल अध्ययनरत नेपाली छात्रा मृत फेला

नेपाल अाउने योजनामा रहेकी बंगलादेशमा डेन्टल अध्ययनरत नेपाली छात्रा मृत फेला

ढाका । बंगलादेशको राजधानी ढाकामा डेन्टल विषय अध्ययनरत नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन्। ढाकाको भतरा भन्ने स्थानमा रहेको होस्टलमा विनिशा शाहको शव फेला परेको हो ।

प्रहरीका अनुसार उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । उनी पायोनियर डेन्टल कलेजमा अध्ययनरत थिइन् । मंगलबार अन्तरिक परीक्षा दिएर फर्केकी उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । विनिशा अहिले बिडिएस तेस्रो वर्षमा अध्ययनरत थिइन् ।

भतरा प्रहरी कार्यालयका इन्चार्ज कामरुजमानका अनुसार घटना मंगलबार दिउँसो २ बजेतिरको हो । ‘नेपालको विराटनगर भन्ने ठाँउकी विद्यार्थी हुन् विनिशा ,’ उनले भने, ‘दुई वर्षअघि डेन्टल पढ्न बंगलादेश आएकी थिइन् । हामी मृत्युको कारण खोजिरहेका छौं ।’

विशेष