राेमाञ्चक खेलमा विराटनगर विजयी, पाेखरा तीन विकेटले पराजित
एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको बुधबारकाे खेलमा पोखरा राइनोजलाई विराटनगर वारियर्सले ३ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
१२३ रनकाे लक्ष्य पछ्याएकाे विराटनगरले खेल सकिनु भन्दा दुर्इ बल अगावै खेल जित्न सफल भयाे ।
पोखरा राइनोजले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १२२ रन बनाएकाे थियाे । यसअघि ब्याटिङ गरेको पोखराका लागि राजेश पुलामीले ३०, सुनिल धमला १८ र इस्रुल्लाहले २१ रन बनाएपछि निर्धारित २० ओभरको खेलमा १२२ रन बनाएको थियो । विराटनगरका कप्तान खड्काले ३ विकेट लिएका थिए ।
१२३ रनकाे लक्ष्य पछ्याएकाे विराटनगरका लागि हङकङका खेलाडी अंशुमान रथले सर्वाधिक ६० रनको योगदान दिए । त्यस्तै बाबर ह्यातले २२ रन र कप्तान पारस खड्काले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।
पोखराका लागि सुसन भारी र इस्रुल्लाहले २–२ विकेट लिए ।
यसअघि पहिलो खेलमा विराटनगरले ललितपुरलाई हराएको थियो भने पोखराले चितवनलाई १० विकेटले पाखा लगाएको थियो । पोखराको पराजयसंगै प्रतियोगितामा ४ अंकसहित विराटनगर शीर्ष स्थानमा छ ।
आजै अर्को खेल भैरहवा ग्याडियर र काठमाडौँ किंस इलाभेनबीच हुनेछ । काठमाडौँले टस जितेर फिल्डिङ रोजेको छ ।
अन्तिम ६ बलको खेल बाँकी हुँदा विराटनगरले ७ विकेट गुमाउँदा उसलाई ८ रनको आवश्यकता थियो । बलिङमा आएका शक्ति गौचनको पहिलो लमा करण केसीले १ रन, दोस्रो बलमा प्रनित थापामगरले चौका, तेस्रो बलमा दुई रन र चौथो बलमा १ रन लिदै २ बल बाँकी छँदा खेल जिताए ।
shakti gauchan