मनोरञ्जन

सलमान खानसगैँ नेपाल आउँदै छन् यी बलिउड कलाकार

सलमान खानसगैँ नेपाल आउँदै छन् यी बलिउड कलाकार

एजेन्सी । बलिउड अभिनेता सलमन खान काठमाडौं आउने भएका छन् । ओडीसी इनटरटेन्मेन्टले सलमानलाई लयाउने भएको हो ।

करिब ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौं ल्याएर ओडीसी इन्टरटेन्मेन्टले अहिलेसम्मकै ठूलो सांगीतिक कार्यक्रम गरेको थियो । यही आउँदो फागुन २६ गते टुडिखेलमा ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’ हुँदै छ । उक्त कन्सर्टमा सलमान सहभागी हुने भएका हुन् ।

खुशीको खबर योहो की, सलमान एक्लै नेपाल आउन लागेका होइनन् । उनीसँगै प्रभु देउवा, ज्याक्लीन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्शलगायतका कलाकार पनि नेपाल आउने भएका हुन् । उक्त कन्सर्टमा २५ हजार जति दर्शक सहभागी हुन सक्ने जनाइएका छ ।

salman khan

विशेष