मनोरञ्जन

स्वेता भन्छिन् हारेको हैन सारेको

स्वेता भन्छिन् हारेको हैन सारेको


काठमाडौं । सुटिङ सुरू भएकै थिएन, नायिका तथा निर्मात्री श्वेता खड्काले नयाँ फिल्म कान्छीको प्रदर्शन मिति २६ माघमा घोषणा गर्दा । श्रीकृष्ण श्रेष्ठको देहान्तपछि उनी पहिलोपटक पर्दामा देखिन लागेकाले कान्छी प्रतीक्षित बनेको छ ।

सुटिङ सक्नासाथ धमाधम सम्पादन गरियो । दुर्भाग्य १ सोही मितिमा अनमोल केसीका कारण हटकेक बनेको कृ आउने भयो । तैपनि, श्वेता टसमस भइनन् । तोकिएकै दिन कान्छी हलमा लाग्ने अड्डी कसिरहिन् । कारण, त्यो सातामा तीन दिन सरकारी बिदा छ, जसको प्रत्यक्ष फाइदा बक्स अफिसमा हुन्छ ।

त्यसैले उनको चाहना थियो, कृ सरोस् । तर, त्यस्तो भएन । एकसाथ भिडाउने सामथ्र्य पनि जुटेनछ क्यारे आफैँ एक सातापछि सरेकी छन्, अब कान्छी ४ फागुनमा प्रदर्शन हुनेछ । तैपनि, भन्न थालेकी छन्, ‘फिल्म सार्नु भनेको हार्नु होइन ।’

 

विशेष