मनोरञ्जन

हद पार गरेपछि बन्द भयो विनयको ‘स्याण्वीच मी’

हद पार गरेपछि बन्द भयो विनयको ‘स्याण्वीच मी’

काठमाडौं । केही दिनअघिमात्र रिलिज भएको ‘स्याण्वीच मी’ बोलको गीती भिडियोमा सेन्सर लागेको छ ।

फिल्म ‘रोमियो एण्ड मुना’ को उक्त गीतमा नायक विनय श्रेष्ठ फिचरमा छन् । भिडियोलाई धेरैले ‘छाडा’ को संज्ञा दिएका छन् । त्यसो त उक्त गतिको प्रदर्शनमा विनय दुईजना विकिनी गर्लसँगै कार्यक्रमस्थलमा इन्ट्रि मारेका थिए ।

गतिलाई युटुबमा पनि सिमित उमेर समूहका मानिसलेमात्र हेर्न पाउने बनाइएको छ भने, टेलिभिजन च्यानलहरुले उक्त भिडियो प्रशारण गर्न आनाकानी गरिरहेका छन् ।

फागुन ११ गतेबाट रिलिज हुने भनिएको फिल्म ‘रोमियो एण्ड मुना’ मा नायक विनय श्रेष्ठ र नायिका सृृष्टी श्रेष्ठको मुख्य भूमिका रहेको छ । फिल्मलाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् ।

विशेष