खेल

युनाइटेड क्वाटरफाइनलबाट बाहिरियो, ब्रिस्टोलसँग पराजित

युनाइटेड क्वाटरफाइनलबाट बाहिरियो, ब्रिस्टोलसँग पराजित

लिग कप फुटबलको क्वाटरफाइनलबाट म्यानचेस्टर युनाइटेड बाहिरिएको छ ।

सेमिफाइनल प्रवेशका लागि बुधबार राति अवे मैदानमा भएको खेलमा प्रिमियर लिगको दोस्रो स्थानमा रहेको युनाइटेड ब्रिस्टोल सिटीसँग पराजित भएको हो । बुधबार भएको खेलमा युनाइटेड ब्रिस्टोलसँग २–१ गोलले पराजित भएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा जोय ब्रायले गोल गर्दै ब्रिस्टोललाई अग्रता दिलाए । त्यसको सात मिनेटमै युनाइटेडको लागि जाल्टन इब्राहिमोविचले बराबरी गोल फर्काए ।

खेलको अन्तिमसमय १–१ गोलको बराबरी भएपनि इन्जुरी समयको तेस्रो मिनेटमा कोरी स्मिथले गोल गर्दै ब्रिस्टोल सिटीलाई जित दिलाए । ब्रिस्टोलले अब सेमिफाइनलमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

Manchester United bristol city

विशेष