सेक्युरिटी गार्डमा कार्यरत दियालीलाई मृत्युदण्ड हुनसक्ने मुद्दामा सफाइ
कोलालम्पुर । मलेसियामा एक नेपाली कामदारले मृत्युदण्डको सजाय हुनसक्ने लागूपदार्थसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सेक्युरिटी गार्डमा कार्यरत भीमबहादुर दियालीले नेपाली दूतावास क्वालालम्पुरको प्रयासमा लागूपदार्थसम्बन्धी मुद्दामा सफाइ पाएका हुन् ।
मलेसियन सरकारको नियमअनुसार लागूपदार्थसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय दिने गरिन्छ । दियालीलाई गतहप्ता शाह आलम हाइकोर्टले लागूपदार्थको मुद्दामा सफाइ दिएको हो । उनी गत वर्ष कम्पनी मालिकको आदेश पालना गर्ने क्रममा पक्राउ परेका थिए । उनीमाथि लागेको आरोपमाथि राजदूतावसले नेपाल सरकारको खर्चमा प्रतिरक्षा गरेको थियो ।