खेल

इपिएल : भैरहवा ग्ल्याडियटर्स र काठमाडौँ किङ्गस् एलेभेन विजयी

इपिएल  : भैरहवा ग्ल्याडियटर्स र काठमाडौँ किङ्गस् एलेभेन विजयी

काठमाडौं । भैरहवा ग्ल्याडियटर्स र काठमाडौँ किङ्गस् एलेभेन कीर्तिपुरमा जारी एभरेस्ट प्रिमियर लिग ईपिएल टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएका खेलमा विजयी भएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको पहिलो खेलमा भैरहवा ग्ल्याडियटर्सले ललितपुर पेट्रियट्स्लाई ४ विकेटले पराजित गरेको थियो । पहिलो ब्याटिङ्ग गर्दै ललितपुर पेट्रियट्स्ले दिएको १ सय ४२ रनको विजयी लक्ष्य भैरहवा ग्ल्याडियटर्सले अन्तिम बलमा पुरा गरेको थियो ।

भैरहवा ग्ल्याडियटर्सका लागि पुनित विष्टले ५० रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए । यसैगरी, मंगलबार नै भएको दोस्रो खेलमा काठमाडौँ किङ्गस् एलेभेनले चितवन टाईगर्सलाई ३ विकेटले पराजित गरेको थियो ।

काठमाडौँ किङ्गस्ले तेस्रो खेलमा यो पहिलो जित दर्ता गरेको हो । पहिलो ब्याटिङ्ग गर्दै चितवन टाईगर्सले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो ।

काठमाडौँ किङ्गस् एलेभेनले १ सय ४३ रनको विजयी लक्ष्य १९।२ ओभरमा ७ विकेटको क्षतिमा प्राप्त गरेको थियो ।

EPL Nepal

विशेष