खेल

साफ अण्डर १५ महिला फुटबल : अन्तिम खेलमा बराबरी

साफ अण्डर १५ महिला फुटबल : अन्तिम खेलमा बराबरी

काठमाडौं । नेपालले साफ अण्डर १५ महिला फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बराबरी खेलेको छ ।

बंगलादेशमा बिहीबार भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । यस खेलमा पनि १ गोलले पछि परिरहेको नेपालका लागि खेलको अन्त्यतिर सविता राना मगरले बराबरी गोल फर्काएकी थिईन् ।

यस खेल अगावै नेपाल र भुटान प्रतियोगिताबाट बहिरिसकेका थिए भने आयोजक बंगलादेश र भारतले भने फाईनलको यात्रा तय गरिसकेका छन् । प्रतियोगितामा नेपाल सबै भन्दा कम्जोर देखियो ।

भुटानले जम्मा ७ गोल खाएर १ गोल गरेको थियो भने नेपालले १७ गोल खाएर १ गोल गरेको थियो । बिहीबार नै भएको अर्को खेलमा बंगलादेशले भारतलाई ३–० गोल अन्तरले पराजित गर्दै समूहको शीर्ष स्थान प्राप्त गर्यो ।

४ राष्ट्रबीच राउण्ड रोबिनका आधारमा प्रतियोगिता खेलाएर दुई शीर्ष राष्ट्र फाईनलमा जाने तालिका अनुसार बंगलादेश र भारत फाईनलमा प्रवेश गरेका हुन् ।

आयोजक बंगलादेश र भारतबीचको फाईनल खेल यही पुस महिनाको ९ गते हुनेछ ।

 

 

nepal u-15 women football

विशेष