खेल

मनमोहन दुहवी गोल्डकप मंसिर २३ देखि

मनमोहन दुहवी गोल्डकप मंसिर २३ देखि

सुनसरी जिल्लाको औद्योगिक नगर दुहवीमा रहेको खेलमैदानमा यही मंसिर २३ देखि पुस १ गतेसम्म एलेभन एरोज क्लबको आयोजना तथा मनमोहन स्मृति प्रतिष्ठानको सहयोगमा दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । 

आयोजक एलेभन एरोज क्लबले आज पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिँँदै प्रतियोगितामा प्रथम हुनेले रु चार लाख नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने बताइयो । प्रतिस्पर्धाको उप विजेताले रु दुई लाख नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । 

प्रतियोगितामा नेपालको ए डिभिजनका रमपम झापा–११, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, आयोजक एलेभन क्लब दुहवी, मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ, त्रिभुवन आर्मी क्लब काठमाडौँ, मोरङ ११, अग्नी रुपन्देही ११ रुपन्देही र बंगलादेशको मीरपुर एकादेश ढाका क्लबको सहभागिता रहनेछ । 

रु पचास लाखको खर्चमा सम्पन्न हुने अनुमान गरिएको उक्त गोल्डकप फुटबल प्रतियोगिताका प्रायोजक मनमोहन स्मृति प्रतिष्ठानबाट रु १० लाख तथा विभिन्न सह–प्रयोजकबाट रु १४ लाख तथा विज्ञापन र अन्य क्षेत्रबाट गरी रु ५० लाख प्राप्त हुने अनुमान गरिएको प्रतियोगिता आयोजक क्लबका संयोजक जीवन थापाले जानकारी दिए । 

nepali football sunsari

विशेष