मुख्य समाचार

सेनाले भन्यो भारतीय डीपीआर बिनै फास्ट ट्रयाक बन्छ

सेनाले भन्यो भारतीय डीपीआर बिनै फास्ट ट्रयाक बन्छ

काठमाडाैं, पुस ६ । नेपाली सेनाले काठमाडौं-तराई-मधेस द्रुतमार्ग (एक्सप्रेस वे) सम्बन्धी भारतीय कम्पनीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बिनै निर्माण कार्य सम्पन्न गर्न सकिने बताएको छ ।     

भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आइएलएन्डएफएस) ले तयार पारेको डीपीआरमा केही प्रावधानमात्रै खरिद गर्न सकिने प्रस्ताव सेनाले राखेको छ। तर भारतले झन्डै एक अर्ब रुपैयाँमा पुरै डीपीआर खरिद गर्न दबाब दिएको बताइएको छ ।     

उसको प्रस्ताव स्वीकार गर्ने सम्भावनाा नरहेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । आइएलएन्डएफएसले आंशिक डीपीआर उपलब्ध गराउन नेपालले राखेको प्रस्ताव नमानेपछि द्रुतमार्ग निर्माण नयाँ ढंगबाट अघि बढेको छ ।     

सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले पनि  टनेल र हाइब्रिजबाहेकको द्रूतमार्ग निर्माण कार्य सेनाकै खाका अनुसार बनाउन कुनै कठीन नभएको स्पष्ट पारे। –काराेबार दैनिकबाट ।

विशेष