स्वास्थ्य

मुटुको भल्भ फेर्न ६ महिने पालो

मुटुको भल्भ फेर्न ६ महिने पालो

काठमाडौं । बाराकी सविना साहलाई जन्मदै मुटुको समस्या थियो। आर्थिक स्तर कमजोर भएको परिवारमा हुर्किएकी २२ बर्षीया सविनाको खर्च अभावकै कारण मुटुको शल्यक्रिया हुन सकेको थिएन ।

शल्यक्रिया निःशुल्क हुने थाहा पाएपछि साह बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पुगिन्। अस्पतालले शल्यक्रिया गर्ने ६ महिनापछिको मिति लेखिदिएपछि उनी उपचारविनै घर फर्किएकी छन् ।

अहिले सरकारले बाथ तथा मुटु रोगका विरामीका लागि भल्भ फेर्न, मर्मत गर्ने या शल्यक्रियासहितको उपचार निःशुल्क हुने व्यवस्था गरिदिएको छ।

मुटुको भल्भ फेर्ने व्यवस्था निःशुल्क भएपछि अस्पतालमा बिरामको चाँप वढिरहेको केन्द्रका निर्देशक डा। जोतिन्द्र शर्माले बताए। –कान्तिपुर दैनिकबाट

विशेष