स्वास्थ्य

चिकित्सा विज्ञानमा अर्को सफलता, मुटु बाहिर आएको शिशुको सफलतापुर्वक शल्यक्रिया

चिकित्सा विज्ञानमा अर्को सफलता, मुटु बाहिर आएको शिशुको सफलतापुर्वक शल्यक्रिया

एजेन्सी । अति दुर्लभ मानिने मुटु बाहिरै लिएर जन्मिएकी एकजना नवजात शिशुको चिकित्सकहरुले सफल शल्यक्रिया गरेका छन् ।

मेडिकल भाषामा ‘एक्टोपिया कोर्डिस’ भनिने अति दुर्लभ अवस्थाबाट आमाको गर्भाशयमै गुज्रिएकी ती शिशुको जन्मपश्चात बेलायतका ५० जना चिकित्सकहरुको टोलिले सफल शल्यक्रिया मार्फत उनको मुटुलाई शरीरभित्र राखिदिएका हुन् ।

‘डेलिमेल अनलाइन’का अनुसार गर्भमा १६ हप्ता पुग्दा उनका बाबुआमाले उनीहरुको बच्चाको मुटु शरीरभन्दा माथि छातिमा अल्झिएको थाहा पाएका थिए ।ती ब्रिटिश दम्पतिलाई गर्भ तुहाउन चिकित्सकले सुझाव दिएका थिए । तर, उनीहरुले बच्चा जन्माउने निर्णय गरे । मुटुबाहिरै लिएर जन्मिएकी ती बच्चाको रुवाइ सुनेपछि ती ब्रिटिश दम्पतिले त्यो क्षणलाई आश्चार्यजनक भन्दै खुशीले ओतप्रोत भएको प्रत्तिकृया दिएका छन् ।

मुटुबाहिरै लिएर भर्खर जन्मिएको आफ्नो छोरीको रुवाइसँगै आफूहरु पनि रोएको बताए । उनीहरुले छोरीको नाम भ्यानेलोपी रादिखिएका छन् । अहिले दुबै दम्पतीले आफ्नो छोरीको लागि श्वास फेरिरहेको हौँ कि जस्तो अनुभुति भएको छ । मुटु बाहिर नै लिएर जन्मिएकी भ्यानेलोपीलाई चिकित्सकहरुले तीनपटक शल्यक्रिया गरी उनको मुटुलाई शरीरभित्र मुटुकै स्थानमा राख्न सफल भएको अस्पतालले बताएको छ ।

यस्तो अवस्थामा पनि जिवित रहेकी भ्यानेलोपी यूकेमा पहिलो बच्चा हुनसक्ने अस्पतालले उल्लेख गरेको छ । हरेक श्वासमा बाँच्नको लागि संघर्ष गरिरहेकी भ्यानेलोपीको भविष्यमा पुनः शल्यक्रिया गनुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

विशेष