समाज

सानी भेरी नदीमा बगेर एकको मृत्यु

सानी भेरी नदीमा बगेर एकको मृत्यु

रुकुम । रुकुम पश्चिमको सानी भेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ । 

जिल्लाको सानी भेरी गाउँपालिका–१० का ६६ वर्षीय टीकाराम ओलीको सानी भेरी नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । 

नदीमा माछा मार्ने क्रममा उनलाई आज बिहान नदीले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नदीमा माछा मार्ने क्रममा चिप्लिएर बगेको हुनसक्ने प्रहरीको अनुमान छ । 

सानी भेरी–८ को स्थानीय छोटेबगरबाट बगेका आली करिब ६०० मिटर तल मृतावस्थामा फेला परेको उहाँका छोरी नन्दराम ओलीले जानकारी दिए । 

rukum

विशेष