मुख्य समाचार

यी भाग्यमानी नेपाली जसले पाए अमेरिकी राष्ट्रपति कार्यालयमा जागिर

यी भाग्यमानी नेपाली जसले पाए अमेरिकी राष्ट्रपति कार्यालयमा जागिर

न्यूयोर्क । अमेरिकी राष्ट्रपतिको कार्यालयले कृष्ण शर्मालाई भाषा विज्ञको रूपमा नियुक्त गरेको छ ।

यो नियुक्तिसगैं शर्मा ह्वाइट हाउसमा जागिरेको रूपमा काम गर्ने अवसर पाउने पहिलो नेपाली मूलका अमेरिकी बनेका छन् ।

यस नियुक्ति सम्बन्धमा शर्मासँग बिस्तारमा जानकारी लिन खोज्दा भाषा विज्ञको रूपमा नियुक्ति लिएको तर त्यस बाहेक अरू जानकारी दिन नमिल्ने बताए। परिवारले पनि सम्पर्क गर्दा यो राजनीतिक नियुक्ति नभई जागिरे नियुक्ति भएको र त्यस भन्दा बढी जानकारी आफूलाई नभएको बताए ।

अमेरिकी नेपाली समुदायबीच एक असल तथा स्वतन्त्र छबी बनाएका शर्माले करिब डेढ़ वर्षदेखि नेपाली समुदाय माझ आफू र आफ्नी छोरी सुकृती शर्मासँग संयुक्त रूपमा संचालन गर्दै आइरहेको ‘अमेरिकी सम्बाद’ नामक टेलिभिज़न कार्यक्रम समेत रोकेका थिए।

शर्माले नेपालमा हुदा दी राइजिगं नेपाल अंग्रेज़ी दैनीकमा उप- सम्पादकको रूपमा सात वर्षसम्म सेवा गरी अमेरिकामा आए पछि दी वासिंगटन पोष्टमा करिब छ वर्षसम्म काम गरेका थिए।

विशेष