मनोरञ्जन

विराट र अनुष्का पुगे मोदीको आर्शिवाद लिन, भोजमा पनि निम्ता

विराट र अनुष्का पुगे मोदीको आर्शिवाद लिन, भोजमा पनि निम्ता


नयाँ दिल्ली । विराट कोहली र अनुष्का शर्माले आज हुने विवाहको रिसेप्सनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिएका छन्।

भारतीय अखबारहरूका अनुसार विराट–अनुष्काको जोडीले बुधबार प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री निवासमा पुगेर विवाहको रिसेप्सन निम्तो दिएका हुन्। यस अवसरमा मोदीले बरवधुलाई शुभकामना पनि दिए।

मोदीलाई भेट्दा विराटसँग उनका भाइ विकास पनि थिए । आज उनीहरूले दिल्लीको ताज होटलमा ठूलो रिसेप्सनको आयोजना गरेका छन्। जसमा चर्चित अनुहारहरुको उपस्थिति हुने बताइएको छ।

विराट र अनुष्काले इटलीको टस्कनी सहरस्थित बोर्गो फिनोसिटो रिसोर्टमा ११ डिसेम्बरमा विवाह गरेका थिए।

भारत फर्किएपछि उनीहरू आफै प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न पुगेका हुन्। रिसेप्सन साढे ८ बजेदेखि सुरु हुनेछ। सामान्यता सेलिब्रिटीहरूले आफ्नो विवाहको कार्ड बाँड्दा त्यसमा ड्राइफुड्स र वाइन राख्ने चलन छ। तर, यो जोडीले इको–फ्रेन्ड्ली कार्डको छनोट गरेको बताइन्छ। फिल्म निर्माता महेश भट्टले विराट–अनुष्काको विवाहको कार्ड पहिलो पल्ट ट्विटरमार्फत सार्वजनिक गरेका हुन्। क्रिम रङको कार्डमा दुवैको नाम लेखिएको छ। जसलाई फूलले सजाइएको छ।

विशेष