मुख्य समाचार

प्रमुख पाँच दलको बैठक बालुवाटारमा जारी, समाधान खोज्ने प्रयास

प्रमुख पाँच दलको बैठक बालुवाटारमा जारी, समाधान खोज्ने प्रयास

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख पाँच दलको बैठक बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमाको सरकारी निवास बालुवाटारमा प्रमुख दलको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिए।

प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी बैठकमा एमाले माओवादी केन्द्र,राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसहितका नेताहरुको उपस्थिती रहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुको सहभागिता छ ।

विशेष