खेल

इपिएल क्रिकेट: पोखरा राइनोज विजयी

इपिएल क्रिकेट: पोखरा राइनोज विजयी

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पोखराले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । यसअघि भएको खेलमा पोखराले चितवन टाइगर्सलाई पराजित भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले पोखरालाई ९९ रनको लक्ष्य दिएको थियो । जसमा पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । काठमाडौँ निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर ९८ रनमा समेटियो ।

पोखराको जितमा इसरारुलाहले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी सुनिल धमला २०, कप्तान शक्ति गौचन १८, राजेश पुलामी ८ तथा विनोद भण्डारीले ४ रन जोडे । काठमाडौँका लागि सागर पुनले दुई विकेट लिए भने विक्रम भुसालले एक विकेट लिए ।

यता काठमाडौँका लागि भने शुरुवाती ब्याट्सम्यान सागर पुनले सर्वा्धिक ३६ रनको योगदान दिए भने राजु रिजालले १७ तथा सोमपाल कामीले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

विशेष