खेल

इपिएलः विराटनगर दोस्रो चरणमा प्रवेश

इपिएलः विराटनगर दोस्रो चरणमा प्रवेश

काठमाडौं / एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तरगत शुक्रबार भएको दोस्रो खेलमा विराटनगर वारियर्सले चितावन टाइगर्सलाई ७१ रनले पराजित गरेको छ । यो जितसँगै विराटनगर दोस्रो चरणमा प्रवेश गरेको छ ।

विराटनगरका बाबर हायातले ४२ बलमा ८१ रनको योगदान दिए भने अन्सुमन रथले ४१ रन जोडे । अन्तिम ओभरमा प्रविन गुप्ताले लगातार चार विकेट लिएका थिए । उक्त खेलमा उनले कुल पाँच विकेट लिएका थिए ।

पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७४ रनको योगपल जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको चितवनले १९ औँ ओभरमा १ सय ३ रनमात्र जोड्न सक्यो । यो चितानको लगातार तेस्रो हार हो ।

चितवनले ओपनर दिलीप नाथलाई शून्यमा गुमाएको थियो भने भीम सार्कीले २४ रनको योगदान दिएका थिए । त्यस्तै सन्दिप सुनारले १६, साबेज खानले १२ र कप्तान दिपेन्द्र सिंह ऐरीले ९ रन जोडे भने विराटनगरका बसन्त रेग्मीले ४ विकेट लिए ।

विशेष