मुख्य समाचार

कालीकोटमा म्यादी र प्रहरीबीच झडप, एक म्यादी प्रहरीको ज्यान गयो

कालीकोटमा म्यादी र प्रहरीबीच झडप, एक म्यादी प्रहरीको ज्यान गयो

पाउनुपर्ने जति पारिश्रमिक नपाएको भन्दै म्यादी र कालीकोट प्रहरीबीच झडप हुंदा एक म्यादी प्रहरीको ज्यान गएको छ । म्यादी प्रहरीले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली प्रहार गर्दा कालिकोटको राजकोट नगरपालिका २ का ३० वर्षिय विजय एडीको मृत्यु भएको हो ।

म्यादी प्रहरीले आफूले पाउनुपर्ने भन्दा ५ हजार रुपैयाँ कम दिइएको भन्दै विरोध जाएका थिए । विवाद बढ्दै जांदा प्रहरीले अश्रु ग्यासका साथै गोली चलाएको थियो । अहिले प्रहरी कार्यालय तनावग्रस्त बनेको छ ।

विशेष