मुख्य समाचार

ग्यास उद्योग आगलागी वारे छानबिन गर्न समिति गठन

ग्यास उद्योग आगलागी वारे छानबिन गर्न समिति गठन

काठमाडौं । वीरगञ्ज महानगरपालिका–२२ सुखचैनास्थित सुपर ग्यास उद्योगमा भएको भीषण आगलागी वारे छानबिन छ सदस्य समिति गठन गरिएको छ । आपूर्ति मन्त्रालयले उक्त छानविन समिति गठन गरेको हो । उद्योगमा बुधबार भीषण आगलागी हुँदा दुईजनाको ज्यानसमेत गएको थियो ।

नेपालका प्रचलित कानूनको अधीनमा रही घटनास्थलको स्थलगत अध्ययन, स्थानीय प्रशासन तथा स्थानीय बासिन्दासँग छलफलसमेत गरी सत्यतथ्य पत्ता लगाउने तथा दुर्घटनाको कारण पत्ता लगाई दोषीमाथि कारबाहीको सिफारिस गर्ने र भविष्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षाका उपायका बारेमा राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्न गरी छानविन समिति गठन गरिएको आपूर्ति मन्त्रालयलका सहसचिव÷प्रवक्ता मुकुन्दप्रसाद पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक संयोजक रहने सो समितिमा उद्योग विभागका उपसचिव (प्राविधिक), नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक उपसचिव (प्राविधिक), नेपाल आयल निगमका निर्देशक (एलपिजी विभाग) तथा नेपाल आयल निगमका प्रबन्धक (एलपिजी विभाग) सदस्य रहेको आपूर्ति मन्त्रालयलले जनाएको छ ।

विशेष