मुख्य समाचार

समानुपातिक सिट बाँडफाँटः ७ प्रदेशमा कसले कति सिट पाए ? (सूचीसहित)

समानुपातिक सिट बाँडफाँटः ७ प्रदेशमा कसले कति सिट पाए ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार समानुपातिकतर्फको सिट बाँडफाँडको सूची सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको सूचीमा समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार एमाले २ नम्बर प्रदेश बाहेक सबैमा पहिलो भएको छ । समानुपातिकतर्फ सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५ र कांग्रेसले ७२ सिट पाएका छन् । त्यस्तै माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट पाएको छ भने राप्रपा तथ विवेकशील पार्टीले तीनतीन सिट पाएका छन् । अन्य साना दलले एकएक सिट पाएका छन् ।

प्रदेश १ 

प्रदेश १ मा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५ सिट पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ सिट पाएका छन् ।

प्रदेश २ 

प्रदेश २ मा भने कांग्रेस पहिलो भएको छ । कांग्रेसले प्रदेश २ बाट समानुपातिकमा ११ सिट पाएको छ भने राजपाले १०, संघीय समाजवादी फोरमले ९ र एमालेले ७ सिट पाएका छन् । त्यस्तै माओवादी केन्द्रले ५ सिट पाएको छ भने नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएको छ ।

प्रदेश ३ 

प्रदेश ३ मा एमालेले सबैभन्दा बढि १६ सिट पाएको छ । त्यस्तै कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सिट पाएका छन् । नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि एकएक सिट पाएको छ ।

प्रदेश ४ 

त्यस्तैगरी, प्रदेश ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राष्ट्रिय जनमोर्चा तथा नयाँ शक्तिले एक एक सिट पाएका छन् ।

प्रदेश ५ 

प्रदेश ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले ६ सिट जितेका छन् । त्यस्तै संघीय समाजवादीले २, राजपाले १, राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् ।

प्रदेश ६ मा

प्रदेश ६ मा एमालेले ६, कांग्रेसले ५,माओवादीले ४ सिट र राप्रपाले पनि एक सिट पाएको छ ।

प्रदेश ७ 

त्यसैगरी प्रदेश ७ बाट एमाले र कांग्रेसले बराबरी पाएका छन् । दुबै दलले ८–८ सिट पाएका हुन् । माओवादीले ४ सिट पाएको छ भने राजपाले एक सिट पाएको छ ।

विशेष