देश

विष्फोटको जिम्मा गोइत समूलले लियो, याेभन्दा ठूलो विष्फोट गराउने चेतावनी

विष्फोटको जिम्मा गोइत समूलले लियो, याेभन्दा ठूलो विष्फोट गराउने चेतावनी

सिरहा । सिरहाको सदरमुकाममा रहेको मालपोत कार्यालयमा भएको बम विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको शसस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ । शुक्रबार दिउँसो उक्त समूलले मालपोत कार्यालय परिसरमा कुकर बम विष्फोट गराएको थियो ।

प्रेस विज्ञप्ती जारी गरी मोर्चाका अध्यक्ष गोइतले बम विस्फोटको जिम्मा लिएका हुन् । उनले तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत मालपोत कार्यालयमा बम विस्फोट गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘तराईमा भ्रष्टाचार रोक्नु अपरिहार्य हुन गएको छ । सभ्य समाजमा भ्रष्टाचारलाई अपराधकै दर्जामा राख्ने गरिन्छ । चोरी, डकैती, हत्या आदि जस्तै भ्रष्टाचार पनि समाजिक अपराध हुन्,’ गोइतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गोइतले मालपोत कार्यालयमा हुँदै आइरहेको भ्रष्टाचार अझै जारी रहे यो भन्दा पनि ठूलो बम विष्फोट गराउने बताउँदै यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी मालपोत कार्यालयले लिनुपर्ने चेतावनीसमेत दिएका छन् ।

उक्त बम विष्फोटमा परी तीन जना गम्भीर घाइते भएका छन् । सिराहा– १ का लेखपढि ब्यबसायी पबन पासमन, सारस्वरका राजकुमार पासमन र रोसन पासमन घाइते भएका हुन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

विशेष