मनोरञ्जन

आयो ‘शेरबहादुर’को ट्रेलर

आयो ‘शेरबहादुर’को ट्रेलर

काठमाडौं । आगामी माघ १९ गते रिलिज हुन लागेको फिल्म शेरबहादुर को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्म निमार्ण युनिटले सामाजिक सञ्जाल युट्युबमार्फत बिहिबार ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा सुनिल थापा, कर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधान फिचरिङ छन् । आर राजवंशी निर्देशित फिल्म सामाजिक मर्यादा बोकेको पात्रमा केन्द्रित छ । ट्रेलरमा एक्सन, रोमान्स, ड्रामालगायत इलमेन्ट समावेश छ ।


निर्देशक राजवंशीका अनुसार फिल्म एक अवकासप्राप्त आर्मीको कथामा आधारित थ्रिलर विधाको फिल्म हो । झटृ नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसँग सरोकार राख्ने फिल्म होइन, उनले भने । फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रबिन्द्र झालगायतका कलाकारको अभिनय छ । फिल्ममा निर्माताका रुपमा छायांकार गौरीशंकर धुजु र धिरज राजवंशी छन् ।

विशेष