मनोरञ्जन

सलमान र कट्रिनाको जोडी पाँच वर्ष पछि एकसाथ, जम्ला त ?

सलमान र कट्रिनाको जोडी पाँच वर्ष पछि एकसाथ, जम्ला त ?

काठमाडौं । निर्देशक अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म ‘टाइगर जिन्दा हे’ आजबाट प्रदर्शनमा आउँदैछ ।

‘टाइगर जिन्दा हे’ सन् २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वेल हो । यस फिल्ममा लगभग ५ वर्षपछि सलमान खान र कटरिना केफको जोडीलाई हेर्न पाइने भएको छ । फिल्मको पहिलो पोस्टरलाई नै लिएर दर्शकमा निकै उत्सुकता बढेको छ ।

सलमान र कटरिनाको जोडी नै यस फिल्मको खास कारण बनेको छ । यी दुई जोडीलाई एकसाथ हेर्नका लागि दर्शकहरु लामो समयको पर्खाईमा रहेका थिए । यस फिल्ममा सलमान र कटरिनाको दुवैजनाको अवतार निकै नै खास रहेको छ । जसमा सलमान र कटरिना दुवैको लुक्स निकै आकर्षक र फ्रेश देखिएको छ ।

‘टाइगर जिन्दा हे’ को ट्रेलरले मात्रै अहिलेसम्म सात वटा रेकर्ड बनाएको छ । यस फिल्मको ट्रेलरले बाहुबली २ को ट्रेलरको रेकर्ड समेत तोडेको छ । त्यस्तै, ‘टाइगर जिन्दा हे’ सोसियल मिडियामा सबैभन्दा बढी कमेन्ट, लाइक र सेयर पाएको छ ।

विशेष