मनोरञ्जन

कंगलाले मागिन सलमानसँग यस्तो सहयोग

कंगलाले मागिन सलमानसँग यस्तो सहयोग


मुम्बई । चर्चा र विवादमा आइरहन रुचाउने बलिउड अभिनेत्री कंगना रनावत अहिले सलमान खानको सहयोगको प्रतिक्षामा छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार कंगनाले सलमानसँग एउटा विशेष चिज मागेकी छिन् ।

उनले आफ्नो नयाँ चलचित्रका लागि सलमानसँग नाम मागेकी हुन् । चलचित्रको नाम ‘मेन्टल’ राख्ने तयारीमा रहेकी उनले त्यो टाइटल सलमानसँग सुरक्षित रहेको थाहा पाएपछि सहयोग मागेकी हुन् ।

कंगना र निर्माता शैलेश आर सिंहले चलचित्र ‘मेन्टल’ बनाउन दरखास्त दिँदा यो नाम सलमानले पहिले नै दर्ता गरिसकेका थिए । यो नाम लिनका लागि अहिले कंगनाको टिमले सलमानसँग सहयोग मागिरहेको छ ।

विवादमा आइरहन रुचाउने कंगनाले सलमानलाई एकसमय घात गरेकी थिइन् । त्यो घात सायद बलिउडका दवंग हिरो सलमानले बिर्सेका होलान् । सलमानले बनाएको चलचित्र ‘सुल्तान’ कंगनाले काम गर्ने प्रस्ताव अस्वीकार गरेर सलमानलाई चिढ्याएकी थिइन् । आफ्नो भूमिका कमजोर रहेकाले चलचित्रमा काम गर्न उनले अस्वीकार गरेको बताएकी थिइन् ।

कंगनाको सहयोगको याचनालाई सलमानले स्वीकार गर्लान् या अस्वीकार, अहिले भारतीय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ । सञ्चारमाध्यममा ऋतिक रोशन र कंगना रनावतबीच सन् २०१७ भरी झगडा र विवादका समाचार छापिए । यो विवादमा बलिउड दुई खेमामा बाँडिएको थियो । पछिल्लो समय ऋतिक र कंगनाबीचको विवाद सेलाएको छ

विशेष