खेल

रुसका यी ११ खेलाडीलाई आजीवन प्रतिबन्ध लगाउने आइओसीको निर्णय

रुसका यी ११ खेलाडीलाई आजीवन प्रतिबन्ध लगाउने आइओसीको निर्णय

एजेन्सी । सन् २०१४ मा भएको विन्टर गेम्समा प्रतिबन्धित शक्तिवद्र्धक औषधि प्रयोग गरेको ठहर गर्दै आईओसीइले ११ जना रुसी खेलाडीलाई ओलम्पिक खेलमा आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रतिबन्ध लाग्नेमा रजत पदक विजेता लुगेर्स तात्याना इभानोभा र अलबर्ट डेमचेन्कोसहितका खेलाडी छन् । आइओसीको विशेष कमिटीले रुसी खेलाडीको डोपिङका बारेमा गरेको लामो अनुसन्धानपछि उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।

आइओसीले यो महिनाको सुरुमा रुसलाई आउँदो वर्ष हुने शीतकालीन ओलम्पिकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । गत वर्ष रियो दि जेनेरियोमा भएको गृष्मकालीन ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसले शीतकालीन ओलम्पिक पनि खेल्न नपाउने भएको हो ।

विशेष