खेल

विराटनगर वारियर्सद्वारा लगातार चौथो जित दर्ता

विराटनगर वारियर्सद्वारा लगातार चौथो जित दर्ता

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर वारियर्सले लगातार चौथो जित दर्ता गरेको छ । विराटनगरले भैरहवा ग्लाडीयटर्सलाई ३५ रनले पराजित गर्दै शीर्षस्थान कायम राखेको हो ।

पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धाति २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले १९ औं ओभरमा अल आउट हुनुअघि १ सय १४ रनमात्र जोड्न सक्यो ।

विराटनगरका अन्सुमन रथले ५७ रन जोड्दा बाबर हायातले ३६ रनको योगदान दिए । भैरहवाका हरिशंकर साहले ३ विकेट लिएका थिए । भैरहवाका प्रदीप ऐरी र हरिशंकर साहले समान १८ रनको योगदान दिएका थिए । विराटनगरका अभिनाश कर्णले ४ र वसन्त रेग्मीले ३ विकेट हात पारे ।

शनिबारकै दोस्रो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सको सामना गर्दैछ ।

विशेष