खेल

अल क्लासिको : रियल मड्रिड बार्सिलाेनासँग ३–० ले पराजित

अल क्लासिको : रियल मड्रिड बार्सिलाेनासँग ३–० ले पराजित

अल क्लासिकोमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–० ले पराजित गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बार्सिलोनाले १० मिनेट भित्र दुई गोलको अग्रता लिएको थियो । ५४ मिनेटमा लुइस सुआरेजको गोलमा बार्सिलोनाले पहिलो गोलको अग्रता बनाएको थियो । रियलविरुद्ध पकड बनाउने क्रममा बार्सिलोनाले ६४ मिनेटमा दोस्रो गोलको अग्रता लिएको थियो ।

पाउलिन्होको हेडिङ डिबक्स भित्र डिफेन्डर डानी कार्भाहलले ६२ मिनेटमा हातले रोकेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई लिओनल मेसीले गोलमा परिणत गरे । डानीले रातो कार्ड पाएका थिए ।

एलिएक्स भिदालले इन्जुरी टाइमको तेस्रो मिनेटममा बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए । त्यसअघि खेलको दोस्रो मिनेटमा रोनाल्डोले हेडिङमार्फत गोल गरेका थिए । तर, उनी बार्सिलोनाका डिफेन्डरभन्दा निकै अगाडि भएको भन्दै रेफ्रिले अस्विकार गरे ।

हारपछि साबिक विजेता रियल म्याड्रिड बार्सिलोना भन्दा १४ अंकले पछि परेको छ । शीर्ष स्थानको बार्सिलोनाले १७ खेलबाट ४५ अंक जोडेको छ । चौथो स्थानको रियलको १७ खेलबाट ३१ अंक मात्र छ ।

el classico barcelona vs real madrid

विशेष