खेल

खेलाडीले हात नमिलाउँदा एन्फाले तिर्यो एक लाख जरिवाना

खेलाडीले हात नमिलाउँदा एन्फाले तिर्यो एक लाख जरिवाना

काठमाडौं । खेलाडीले प्रतिस्पर्धी टिमसँग हात नमिलाएका कारण अखिल नेपाल फुटबल संघ एन्फाले १ हजार अमेरिकी डलार अर्थात १ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ । एसियाली फुटबल महासंघ एएफसीले नेपाललाई जरिवाना तिराएको हो ।

१९ वर्षमुनिको एसिया कप छनौट अन्तर्गत अक्टुबर ३१ तारिखका दिन कीर्गिस्तानसँग भएको खेलपछि नेपाली खेलाडी विपक्षी खेलाडीसँग हात नमिलाई मैदानबाट बाहिरिएका थिए । कीर्गिस्तानको बिस्केकमा भएको यो खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

यो समूहबाट युएई आउँदो वर्ष हुने १९ वर्षमुनिको एशिया कपमा छनौट भएको थियो । खेलाडीले खेल भावना विपरीत व्यवहार गरेको भन्दै एएफसीले एन्फालाई जरिवाना तिराएको हो । खेलाडीले आउँदा दिनमा यस्तै व्यवहार देखाएमा एएफसीले यो भन्दा कडा कारवाही गर्न सक्ने छ ।

विशेष