मनोरञ्जन

संजय दत्त र ऋषि कपुरबीच यसकारण भएको थियो झगडा

संजय दत्त र ऋषि कपुरबीच यसकारण भएको थियो झगडा

एजेन्सी । ऋषि कपुरले आफ्नो अटोबायोग्राफी खुल्लम खुल्लामा केही यस्ता रहस्हयरु खालेका थिए जसले बलिउडमा तहल्का मच्चाएका थिए ।

गुल्सन ग्रोभर जो बलिउडका चर्चित अभिनेता मानिन्छन् उनले यो रहस्य खोलेका हुन् । उनले भनेका छन्,‘संजय दत्त ऋषि कपुरलाई पिट्न घरमा नै पुगेका थिए । शंकास्पद लव अफयेरका कारण संजय दत्त ऋषि कपुरलाई पिट्न गएका थियो । यो सत्य हो, संजय दत्तको मुनिम अम्बानीसँग अफेयर चलेको थियो । त्यस समय ऋषि कपुर अविवाहित थिए । उनको पनि मुनिमसँग अफेयर चलेको हल्ला थियो । संजय र म दाजुभाइ जस्तै थियौ । उसले मलाई एक दिन उक्त कुरा खुलस्त भन्यो ।’

‘हल्लाका कारण पनि संजयको रिस थामिएको थिएन’ गुल्सनले भने । ‘ऋषि कपुरलाई कुट्न हामी उसकै घरमा पुग्यौ । तर, ऋषिकी प्रेमिका नितुले हामीलाई धेरै बेरसम्म सम्झाएपछि हामी फर्किएका थियौ ।’

विशेष