मनोरञ्जन

मुस्किल छ निशालाई

मुस्किल छ निशालाई


काठमाडौं । दुई साताको अन्तरमा निशा अधिकारीका दुई फिल्म रिलिज भए, रोमियो र झ्यानाकुटी ।

उनको अभिनय रहेको रोमियो बक्स अफिसमा पूरापूर चिप्लियो । फिल्मले लगानीको आधा पनि उठाएन । उता, उनले निर्माण गरेको झ्यानाकुटीको व्यापार औसतभन्दा माथि उक्लिन सकेन । न त अपेक्षाकृत सकारात्मक प्रतिक्रिया नै पायो ।

सुटिङ सकिएको पोखराकी काली कहिले प्रदर्शन हुने हो, पत्तो छैन । त्यसैले उनको करिअरको निरन्तरतामाथि प्रश्नचिह्न उठाउन थालेका छन्, उनकै समकक्षीहरुले । त्यो किन पनि भने, प्रियंका कार्की, साम्राज्ञीराज्यलक्ष्मी शाहलगायतका हिरोइनलाई भ्याइनभ्याइ हुँदा निशा कुनै फिल्ममा अनुबन्ध भएकी छैनन्, हिरोइनका रुपमा । निर्मात्री वा निर्देशकका रुपमा पनि उनले फिल्म घोषणा गरेकी छैनन् । तर, साहसिक मानिएकी निशा यति छिट्टै किनारा लाग्लिन् त ? शंकै छ ।

विशेष