मनोरञ्जन

सनी लियोनीको कार्यक्रममा लगाइयो रोक

सनी लियोनीको कार्यक्रममा लगाइयो रोक


मुम्बई। बलिउड अभिनेत्री सन्नी लियोनीको भारतमा चर्को विरोध भएको छ ।

पूर्व पोर्नस्टार समेत रहेकी सन्नी सहभागी हुने गरी आयोजना हुन लागेको एक कार्यक्रमको कारणले उनको विरोध हुन थालेको हो ।

सन्नीले नयाँ वर्ष २०१८ को सुरुवातका लागि एक धमाकेदार पार्टी बेंगलोरमा राखेकी थिइन् । ‘सनी नाइट इन बेंगलुरु एन वाई ई २०१८’ नाम दिइएको उक्त पार्टीमा सन्नीले प्रस्तुति दिने भएकी थिइन् ।

तर उनको त्यहाँ व्यापक विरोध भएको छ । विरोधका कारण त्यहाँका राज्य सरकारले ३१ डिसेम्बरमा हुने भनिएको उनको कार्यक्रममा रोक लगाएको समाचारमा जनाइएको छ ।

विशेष