मनोरञ्जन

यस्तो आयो बले र कक्रोचको म्युजिक भिडियो

यस्तो आयो बले र कक्रोचको म्युजिक भिडियो

काठमाडौं । । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल बले र हरिश निरौला कक्रोजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लामो समयपछि उनीहरू गायक किरण भुजेलको गीतमा मोडलको रुपमा देखिएका छन् । संगीतका विद्यार्थी किरणको “बरीलै” बोलको गीतले पनि यसअघि गतिलै चर्चा पाएको थियो ।

पल शाह र जुना सुन्दास अभिनित उक्त भिडियोको लोकप्रियताले हौसिएका किरणले यसपाली हास्यकलाकारलाई मोडलको रुपमा लिएका हुन् । हास्य कलाकारको गतिलो छवि बनाएका उनीहरू म्युजिक भिडियोमा रक्षा श्रेष्ठ र जुना सुन्दाससँग देखिएका हुन् ।

‘माया मै सँग लाइदेउ न’ बोलको रोमान्टिक गीतमा बले र रक्षा एवं कक्रोज र जुनाले रोमान्स गरेका छन् । भिडियोमा बले र कक्रोजको प्रेमिका बनेका रक्षा र जुना, मधुसुदन पाठक सितेबाको अंगालोमा देखिएका छन् । निकै मिठो बनेको गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ ।

डि।पी। खनालको शब्द रहेको गीतमा शंकर थापा ९स्माइल० को संगीत छ । उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भने यसमा सुरेन बसेलको कोरियोग्राफी छ । भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् । हेर्नुहोस् भिडियो‘

विशेष