समाज

रहेनन् प्रेस स्वतन्त्रता सेनानी वैश्य

रहेनन् प्रेस स्वतन्त्रता सेनानी वैश्य


नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी रामगोपाल वैश्यको ७३ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । लामो समयदेखि क्यान्सरले थलिएका वैश्यको नेपालगञ्जको त्रिभुवनचोक रानी तलाउमा रहेको निवासमा शुक्रबार राति ११ बजे निधन भएको हो ।

चितवनको भरपुरमा रहेको क्यान्सर अस्पतालमा उपचारपछि घर फर्किएको केही घण्टामै वैश्यको निधन भएको हो । वैश्य नेपालगञ्जबाट प्रकाशित शंखनाद साप्ताहिकका सम्पादक तथा प्रकाशक थिए ।

शंखनाथ साप्ताहिकमा रहेको ‘त्रिभुवनचोक बोल्छ’ शीर्षकको स्तम्भ चर्चित रहेको छ । जीवनको अन्तिम समयसम्म पनि सक्रिय पत्रकारितामा रहनुभएका वैश्य नयाँ पुस्ताका लागि अभिभावकको रुपमा रहेका थिए ।

विशेष