मनोरञ्जन

मेलिनाको ‘फूलबुट्टे चोली’मा भद्रगोलकी रक्षा

मेलिनाको ‘फूलबुट्टे चोली’मा भद्रगोलकी रक्षा

काठमाडौं । नेपाली आधुनिक एबम चलचित्रको गीतकी चर्चित गायिका मेलिना राइको गीत ‘तिम्रो फूलबुट्टे चोली’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । लक्ष्मण वस्नेतको शब्द, मोहन मगरको संगीत र रोशन बान्तवाको एरेञ्जमेन्ट रहेको आधुनिक गीत ‘तिम्रो फूलबुट्टे चोली’ मा मेलिना राइलाइ स्वरमा  सुवास कार्कीले साथ दिएका छन् भने भिडियोमा भद्रगोलकी रक्षा र श्याम घिमिरेको रमाइलो अभिनय हेर्न सकिन्छ।

रबिन्द्र बरालको क्यामेरा, रबिन बि.क. को सम्पादन रहेको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् । बिदेशमा बसेर पनि गायक सुवास कार्कीले नेपाली गीत संगीतमा निरन्तर आफ्नो सांगीतिक कोसेली पस्कदै आएका छन् । भिडियो राम्रो बनेको भन्दै  यु ट्युबमा धेरै दर्शकहरुले राम्रा राम्रा कमेन्ट गरेका छन् ।

">

 

विशेष