एसिड प्रहार गर्ने पक्राउ
रुपन्देही । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर बस्ने २६ बर्षीय प्रेम सुनारलाई प्रहरीले एसिड प्रहार गरेको अभियोगमा पक्राउ गरेको छ ।
सोही स्थान बस्ने ३० बर्षीय सुमन के.सीसँग झगडा हुदाँ सुनारले के.सी.माथी शनिबार एसिड फ्याकेका थिए । सो घटनामा के.सी. संगै रहेका सोही स्थान बस्ने ३१ वर्षीय श्याम गुरुङ समेत घाइते भएकाले दुवै जनालाई उपचारार्थ लुम्बिनी अञ्चल अस्पताल लगिएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।