मनोरञ्जन

रेखाको जहाज डुब्यो, न फिल्म न राजनीति

रेखाको जहाज डुब्यो, न फिल्म न राजनीति


काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्दा हिरोइन रेखा थापाले भनेकी थिइन मेरो अन्तिम पार्टी यही हो ।

तर ६ महिना बित्न नपाउँदै पशुपतिशमशेर राणाको राप्रपा प्रजातान्त्रिक तिर लागिन राणाको चुनाव प्रचारमा खुब खटिन् । तर, न राणाले जिते न राप्रपा प्रजातान्त्रिक राष्ट्रिय पार्टी भयो । यो राजनीतिक पीडा यस्तो बेला आइलाग्यो जतिबेला उनी निर्मित तथा अभिनीति रुद्रप्रिया फ्लप भएको घाउ आलै थियो ।

फिल्मको व्यापार मात्र होइन, समीक्षात्मक प्रतिक्रियामा पनि नाजुक रह्यो । त्यसअगाडि उनका पलास र डायरी लगातार असफल भएका थिए । सायद यही कारण हुनुपर्छ रेखालाई गिनेचनेका बाहिरी ब्यानरले पत्याएका छैनन् ।

हिरो रिटन्र्सको रिलिजको टुंगो छैन । बरु प्रियंका कार्की, साम्राज्ञीलक्ष्मी राणालगायत उनीभन्दा कनिष्ठ हिरोइनको दबदबा छ । यसले रेखाको चार्म हराएको संकेत गर्दैन र ? –नेपाल साप्तासिहकबाट

विशेष