समाज

कालिकोटमा कर्फ्यु हट्यो

कालिकोटमा कर्फ्यु हट्यो


काठमाडौं । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि कालिकोटमा लगाइएको कर्फ्यु आइतबार बिहान दुई घण्टाका लागि हटाइएको छ । आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी वद्रिनाथ गैह्रेले जानकारी दिए ।

उनले बिहान १० बजेपछि स्थिति हेरेर कर्फ्यू लगाउने कि हटाउने भन्ने निर्णय लिने बताए ।  ‘अहिले अवस्था सामान्य छ । त्यसैले कर्फ्यू खुकुलो पारेका हौं । दुई घण्टापछि स्थिति हेरेर आवश्यक निर्णय लिन्छौं ।’ म्यादी प्रहरीले फेरि आन्दोलन चर्काए कर्फ्यू लगाउने र नगरे क्रमशः हटाउँदै जाने उनको भनाइ थियो ।

कालिकोटमा रासनको विषयमा आन्दोलनमा उत्रिएका म्यादी प्रहरीमाथि गोली चलाउँदा शुक्रबार एक जनाको मृत्यु भएको थियो । स्थिति नियन्त्रण बाहिर जानसक्ने खतरा बढेपछि शनिबार कर्फ्यू लगाइएको थियो ।

विशेष