मुख्य समाचार

चीनले रसुवागढी नाकाबाट सवारी छिर्न दिएन, केरुङ जाने नेपाली समस्यामा

चीनले रसुवागढी नाकाबाट सवारी छिर्न दिएन, केरुङ जाने नेपाली समस्यामा

रसुवा । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीबाट सवारीसाधन चीन प्रवेशमा रोक लगाइएको छ।

रसुवागढी हुँदै व्यापारिक प्रयोजन तथा व्यक्तिगत कामका लागि केरुङ घुम्न जाने साना गाडी तथा मोटरसाइकलमा दुई सातादेखि रोक लगाइँदा समस्या भएको छ। अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषित रसुवागढीबाट मंसिर २४ गतेदेखि साना सवारीसाधन केरुङ छिर्न पाएका छैनन्।

चीनको केरूङबाट नेपाली साना गाडी तथा मोटरसाइकलमा अवैध सुन भित्रिन थालेपछि साना सवारी सञ्चालनमा रोक लगाइएको स्रोतको भनाइ छ।

यो नाका हुँदै साना गाडीमा सुन तस्करी बढेको भनेर गाडी प्रवेशमा रोक लगाएको भन्ने सुनिन्छ, एक स्कारपियो चालकले भने, मोटसाइकल तथा साना गाडीलाई छिर्नै दिएको छैन।

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने भने केरुङ प्रवेश गर्ने साना सवारीसाधन रोकिएकोबारे आफूलाई आधिकारिक जानकारी नआएको बताउँछन्।

विशेष