समाज

कालिकोटमा कर्फ्यू हट्यो, जनजीवन सामान्य बन्दै

कालिकोटमा कर्फ्यू  हट्यो, जनजीवन सामान्य बन्दै


कालिकोट। म्यादी प्रहरीको मृत्युको विषयलाई लिएर तनावग्रस्त बनेको कालीकोट सदरमुकामको जनजीवन सामान्य बन्दै गएको छ ।

गत शुक्रबार प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन लगाइएको कर्फ्यू सोमबार बिहानबाट हटाएपछि मान्माको जनजीवन सामान्य बन्दै गएको हो ।

आफूहरूले पाउने पारिश्रमिकमा अनियमितता गरेको भन्दै प्रदर्शनमा उत्रिएका म्यादी प्रहरीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा सान्नीत्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीको मृत्यु भएको थियो ।

ऐडीको मृत्युपछि म्यादी प्रहरी, मृत्तकका आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन चर्काउँदा स्थानीय प्रशासनले शनिबार दिउँसो ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।

उक्त घटनाको छानबिन गर्न गठित गृहमन्त्रालयका सहसचिव मानबहादुर बिकको संयोजकत्वको ४ सदस्यीय टोली कालीकोट पुगेको छ ।

विशेष