समाज

उपत्यकामा मापदण्डभन्दा पाँच गुणा बढी प्रदुषण

उपत्यकामा मापदण्डभन्दा पाँच गुणा बढी प्रदुषण

काठमाडौं । उपत्यकामा तापक्रम घटेसँगै वायु प्रदुषण थप बढेको छ ।

सरकारी मापदण्डभन्दा वायु प्रदुषण दर पाँच गुणासम्म बढेको छ । विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदुषण हुँदा फरक नपर्ने मापदण्ड तय गरेको छ । तर उपत्यकाको वायु प्रदुषणको दर १४२ माइक्रोग्राम पर मिटर क्युवसम्म पुग्ने गरेको छ ।

सरकारले ४० माइक्रोग्राम पर मिटर क्युव मापदण्ड तोकेको छ । यो तथ्यांक केलाउँदा उपत्यकाको वायु २४ सै घण्टा श्वास फेर्नलायक नभएको तर्क गर्छन् वातावरणविद् र स्वास्थ्यकर्मी ।

३६ प्रतिशत प्रदुषण सवारी साधनका कारण हुने गरेका छन् भने ६० प्रतिशत प्रदुषणमा सवारी साधन र सडकका धुलो जिम्मेवार छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

विशेष