खेल

सुरु भयो राखेप च्याम्पियनसिप , २९ खेलमा ४ हजार ८२ खेलाडी सहभागी

सुरु भयो राखेप च्याम्पियनसिप , २९ खेलमा ४ हजार ८२ खेलाडी सहभागी

काठमाडौं । राखेप च्याम्पियनसिप खेलकुद प्रतियोगिता आइतबाट ललितपुरमा सुरु भएको छ । मेरो गौरव मेरो पौरख मेरो खेलकुद भन्ने नाराका साथ राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु प्रतियोगिताको राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । प्रतियोगितामा २९ खेलका १ हजार १ सय २७ पदकका लागि ४ हजार ८२ खेलाडीले प्रतिस्पर्धा गर्ने राखेपले जनाएको छ ।

२९ मध्ये १२ खेल काठमाडौं बाहिर र बाँकी खेल काठमाडौं उपत्यकामै आयोजना हुनेछन् । प्रतियोगितामा साबिकका पाँच विकास क्षेत्र र सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ३ विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने राखेपले बताएको छ । माघ ८ गते सम्म चल्ने प्रतियोगिताको उद्घाटन गर्दे राष्ट्रपति भण्डारीले खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्दे खेलेको बिकासका लागी सम्बन्धीत पक्ष एक भए मुलुकको नाम बिश्वसामु चिन्ने बताइन ।

१८ औँ एसियाड र १३ औँ सागलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको राखेपका सदस्य सचिव केशव विष्टले बताए । प्रतियोगिताका लागि ४ करोड ३१ लाख रुपैयाँ बजेट छुट्याइएको छ । प्रतियोगितामा लागि फुटबल, भलिवल, कराँते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, पौडी, सुटिङ कुश्ती, जुडो, बक्सिङ, गल्फ, आर्चरी, सेपाकताक्रो लनटेनिसका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । यस्तै उसु, टेबलटेनिस, ह्याण्डबल, ब्याडमिण्टन, बास्केटबल, भारत्तोलन, साइक्लिङ्ग, ट्रायथलन, खो खो, स्क्वास, हकी, फेन्सिङ, खेलमा पनि प्रतिस्पर्धा हुने राखेपले जनाएको छ ।

 

विशेष