देश

पानीको हाहाकार, नुहाउन पालो कुर्नु पर्ने !

पानीको हाहाकार, नुहाउन पालो कुर्नु पर्ने !

रामेछाप । जिल्ला कारागारमा सुरक्षाको नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक (सई) पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो ।

‘आज मज्जाले नुहाइयो,’ उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो, उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ । रजिस्टर बनाएर रेकर्ड नै राख्ने व्यवस्था गरिएको हो ।

कसले कुन दिन नुहायो ? त्यसको सम्पूर्ण विवरण राखिन्छ । पालो मिचेर दोहोर्‍याएर नुहाउन पाइदैंन । ‘मैले २ गते नुहाएको थिएँ,’ सई आचार्यले भने, ‘त्यसपछि आजै पालो आयो ।’

कारागार सुरक्षाका लागि कम्तीमा २० जना सुरक्षाकर्मी कार्यरत छन् । नियमित पानी नआएको धेरै भयो । बालमन्दिर नजिकको ट्यांकीबाट वितरण गरिएको खानेपानी लाइन अवरुद्ध हुँदा अभाव चर्किएको छ ।

सुरक्षाकर्मीको त यस्तो हालत छ । कैदीबन्दीको अवस्था कस्तो होला रु कारागारमा २६९ कैदीबन्दी छन् । उनीहरुको नुहाउने पालो सुरक्षाकर्मीलाई जस्तो सातामा आउँदैन । २२ दिन जतिमा पालो पाउँछन् । कारागारभित्र पनि रजिस्टर राखेर नुहाउने व्यवस्था मिलाइएको छ । –कान्तिपुर दैनिकबाट

विशेष