मुख्य समाचार

रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्चको आदेश, प्रमाणपत्र नदिन निर्देशन

रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्चको आदेश, प्रमाणपत्र नदिन निर्देशन


काठमाडौं। कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी राजपाका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ ।

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीले फरार रहेकै अवस्थामा चुनाव जितेका थिए । उनी चुनाव जितेको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च अदालत गएका थिए । सर्वोच्च प्रशासनले यसअघि रिट दरपीठ गरेको थियो । त्यसपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुनसम्वत भएको फैसला सुनाएपछि उनको सांसद बन्ने बाटो रोकिएको हो ।

सर्वोच्चले आफ्नो फैसलामा फरार अभियुक्तलाई जुन सुकैबेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रावधान समेत स्मरण गराएको छ । सर्वोच्चले भनेको छ, ‘अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन । सर्वोच्चले भनेको छ, ‘अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ लिनुपर्ने हुन्छ । जसका लागि अदालत प्रक्रिया अपनाउनु पर्ने हुन्छ, जुन निवेदकले गरेको पाइएन ।’राजधानी दैनिक

विशेष