मनोरञ्जन

शिल्पालाई अर्को तनाव

शिल्पालाई अर्को तनाव


काठमाडौं । छक्का पञ्जा २ टिमसँग सेटिङ नहुँदो हो त शिल्पा पोखरेल अभिनीत मंगलम् गएको दशै‌मा प्रदर्शन भइसक्थ्यो । तर, अन्तिम समयमा निर्माता छविराज ओझा हच्किए , मंगलम्को रिलिज मिति ४ फागुन तोकियो ।

ढिलै सही, एकल रिलिज पाएकाले दंंग थिइन्, शिल्पा । यो फिल्ममा उनको अभिनय मात्र होइन, लगानी पनि छ । त्यसैले थप सजग र संवेदनशील हुनु परिहाल्यो ।

दुर्भाग्य सोही मितिमा कान्छी प्रदर्शन हुने पक्कापक्की भएको छ । श्रीकृष्ण श्रेष्ठको देहान्तपछि श्वेता खड्का पहिलोपटक पर्दामा देखिन लागेकाले कान्छी प्रतिक्षीत छ । त्यसमाथि यो फिल्म पनि सिंगल थिएटर लक्षित छ ।

मंगलममा शिल्पाबाहेक अरु कोही स्टारकास्ट छैनन् । कान्छीमा दयाहाङ राई र अनु शाह छन् । अनि, शिल्पालाई परेन त फसाद । त्यसो त मंगलम् फेरी पछि सरे अचम्म नमाने हुन्छ । आखिर इतिहास त्यस्तै छ ।

विशेष