खेल

श्रीलंकाबिरुद्ध भारतको क्लिनस्विप

श्रीलंकाबिरुद्ध भारतको क्लिनस्विप


एजेन्सी । श्रीलंकाबिरुद्धको टि–२० सिरिज घरेलु टोली ईण्डियाले क्लिनस्विप गरेको छ ।

तेस्रो तथा अन्तिम खेलमा गएराती भ्रमणकारी टोलीलाई ५ विकेटले हराउँदै ईण्डियाले श्रृंखला क्लिन स्विप गरेको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य ईण्डियाले ४ बल अगावै ५ विकेट गुमाएर भेट्टायो । ईण्डियाको जितमा मनिष कुमार पाण्डेले ३२ तथा श्रीयास आयरले ३० रनको योगदान गरे । कप्तान रोहित शर्माले २७ रन बनाएको ईनिङसमा दिनेश कार्तिक १८ र महेन्द्रसिंह धोनी १६ रनमा अबिजित रहे ।

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रनको मध्यम योगफल तयार पारेको थियो । एस्ला गुणरत्नेले सर्वाधिक ३६ रन बनाएको श्रीलंकाका लागि दासुन सनकाले अबिजित २९ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहेन । योसँगै ईण्डिया भ्रमणका क्रममा श्रीलंकाले सबै फम्र्याटका श्रृंखला गुमाएको छ । ३ म्याचको टेष्ट १–० ले ईण्डियालाई सुम्पेको श्रीलंकाले ३ म्याचको वान डे पनि २–१ ले गुमाएको थियो ।

विशेष