मनोरञ्जन

सोनम कपुर विवाह गर्दै, यी हुन् उनका प्रेमी

सोनम कपुर विवाह गर्दै, यी हुन् उनका प्रेमी


एजेन्सी । बिलउउडमा एक पछि अर्को नायिका विवाह बन्धनमा बाँधिदैछन् । भर्खरै मात्र विवाह बन्धनमा बाधिएकी अनुष्का शर्माको विहेको पार्टी अझै सकिएको छैन ।

उनले आज पनि विवाहको रिसेप्सन पार्टी मुम्बईको एका होटलमा दिदै छन् । उनको चर्चा नसकिँदै अब विवाहको पालो सोनम कपुरको रहेको भारतीय मिडियाले उल्खेख गरेका छन् ।

तीन बर्षदेखि प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेत्री सोनम कपुर र आनन्द आहुजाले आगामी बर्ष विवाह गर्ने भएका छन । विवाहका लागि जोधपुरमा ठाउँ समेत तय गरिसकेको बताइएको छ ।

यतिबेला दुवैजना लण्डनमा छुट्टि मनाइरहेको छन् । यद्यपी, दुवैले आफ्नो सम्बन्धलाई आधिकारिक रुपमा खुलासा भने गरेका छैनन् । सोनमका प्रेमी आनन्द आहुजा दिल्लीका एक व्यापारी हुन् । यसै बर्षको दीपावालीमा सोनम र आनन्दले ‘इन्गेजमेन्ट’ गरेको पनि हल्ला चलेको थियो ।

विशेष